पूर्वी नवलपरासीको क्षेत्र नम्बर १ मा अब हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेता डा शशांक कोइरालासहित १३ जनाको नाम सिफारीस भएको छ ।
नवलपरासी — कांग्रेस जिल्ला कार्यसमिति पूर्वी नवलपरासीले प्रतिनिधिसभाका लागि १७ जनाको नाम प्रदेश र केन्द्रमा सिफारिस गरेको छ ।
पूर्वी नवलपरासीको क्षेत्र नम्बर १ मा अब हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेता डा शशांक कोइरालासहित १३ जनाको नाम सिफारीस भएको छ । जिल्ला सभापति महेन्द्रध्वज जिसीले कांग्रेस गण्डकी प्रदेश समितिलाई लेखेको पत्रमा क्षेत्र नम्बर १ बाट १३ जना र क्षेत्र नम्बर २ बाट ४ जनाको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि डा कोइराला, जिसी, अमृत भट्टचन, सरस्वती तिमिल्सिना, गजेन्द्र आलेलगायतको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर २ बाट निर्वतमान सांसद बिष्णु कार्की, बिष्णुप्रसाद लामिछाने, ओमबहादुर थापा र शंकर तिवारीको नाम सिफासिस भएको हो ।
क्षेत्रीय समितिले पठाएको नाममा जिल्ला कार्यसमितिको बैठकले छनौट गर्न (एक महिलासहित ३ जनाको मात्र नाम) नसेकपछि सबै नाम पठाइएको हो ।
२०४८ सालयता सबैजसो संघीय निर्वाचनमा एकछत्र विजयी हुँदै आएको कांग्रेसले आकांक्षी धेरैभएपछि क्षेत्र नम्बर १ बाट यस पटक १३ जनाको नाम सिफारिस गर्न बाध्य भएको छ ।
