समानुपातिकतर्फ जिल्ला उपसभापति विक्रम यादव र महिलातर्फ महिला संघकी नेतृ सुनिता श्रेष्ठ, राष्ट्रियसभा सदस्यतर्फ कांग्रेस नवलपरासीका सभापति अर्जुनकुमार पोखरेल र चन्दा चौधरीको नाम सिफारिस गरेको छ ।
परासी — कांग्रेस पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ ले प्रत्यक्षतर्फ केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ कँडेलको नाम क्षेत्रीय समितिले एकल सिफारिस गरेको हो ।
क्षेत्रीय सभापति माधव पाण्डेका अनुसार समानुपातिकतर्फ जिल्ला उपसभापति विक्रम यादव र महिलातर्फ महिला संघकी नेतृ सुनिता श्रेष्ठ, राष्ट्रियसभा सदस्यतर्फ कांग्रेस नवलपरासीका सभापति अर्जुनकुमार पोखरेल र चन्दा चौधरीको नाम सिफारिस गरेको छ ।
प्रत्यक्षतर्फ सिफारिस भएका ६८ वर्षका कँडेलले यस क्षेत्रबाट ६ पटक चुनाव लडिसकेका छन् । २०५१ ,२०५६ , २०७४ मा चुनाव जितेका थिए । २०६४ , २०७० र २०८० सालमा चुनावमा पराजित भएका कँडेल सातौंपटक निर्वाचन लड्ने तयारीमा छन् । २०५६ र २०५८ सालमा गृहराज्यमन्त्री भएका थिए ।
कँडेल यस क्षेत्रको प्रभावशाली नेताको रुपमा चिनिन्छन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा भने विवाद भएपछि उम्मेदवार सिफारिस नै रोकिएको छ । क्षेत्र नम्बर १ मा कांग्रेस केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधिसभा सदस्य विनोद चौधरीको नाम सिफारिस गर्ने विषयमा विवाद भएको छ ।
चौधरीको नाम सिफारिस गर्ने विषयमा कांग्रेस नेता देवकरण कलवारको असहमति रहेको थियो । चौधरीको नाम नराखेर संविधानसभा सदस्य विक्रम खनालसहितका नेताको नाम सिफारिस गर्ने विषय उठेपछि विवाद भएको हो ।
