सडकमाथिबाट खसेको ढुंगाले लाग्दा बागलुङमा एक जनाको मृत्यु

मरामगाउँमा ढुंगा निकाल्दा अचानक ढुंगा खस्दा एक्स्काभेटर सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंसिर २१, २०८२

रासस

One person dies in Baglung after being hit by a stone falling from the road

ढोरपाटन (बागलुङ) — ताराखोला गाउँपालिका–५ मराममा आइतबार एक्स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुंगाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल पुन मगरको मृत्यु भएको छ ।

स्थानीय बलबहादुर रोका मगरको निजी घर निमार्णको लागि मरामगाउँमा ढुंगा निकाल्दा अचानक ढुंगा खस्दा सहचालक पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए । 

घटनास्थलमा प्रहरी पुगी मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि गलकोट नगर अस्पताल हरिचौरमा ल्याइएको उनले बताए ।

रासस

Link copied successfully