मध्यवर्ती ढकाहा सामुदायिक वनमा घाँस काट्न गएका उनलाई बाघले आक्रमण गरेको हो ।
पूर्वी नवलपरासी — बाघको आक्रमणबाट पूर्वी नवलपरासीको कावासोतीमा एक युवक घाइते भएका छन् ।
कावासोती नगरपालिका-१५ शेरगंजस्थित मध्यवर्ती ढकाहा सामुदायिक वनमा घाँस काट्न गएका मुकुन्द अधिकारीलाई आइतबार बाघले आक्रमण गरेको हो । ३७ वर्षका अधिकारीको हातमा बाघले चिथोरेको छ। उनलाई डण्डा अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
