देवचुलीमा मोटरसाइकल दुर्घटना : एक युवकको मृत्यु

सडक निर्माणको क्रममा राखिएको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालक जीवन क्षेत्रीको मृत्यु

मंसिर २१, २०८२

नारायण शर्मा

Motorcycle accident in Devchuli: A young man dies

नवलपरासी — पूर्वी नवलपरासीको देवचुलीमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरीका अनुसार देवचुली नगरपालिकाको केउरेनीमा सडक निर्माणको क्रममा राखिएको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालक जीवन क्षेत्रीको उपचारका क्रममा आइतबार मृत्यु भएको हो।

राजमार्गमा राखिएको उक्त डिभाइडरमा मोटरसाइकल ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए। मोटरसाइकलको पछाडि बसेका शंकर क्षेत्री घाइते भएका छन् र उनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully