छात्रावास भवनका करिब ५० वटा कोठा क्षति भएको अनुमान गरिएको छ।
गोरखा — चुमनुव्री गाउँपालिका–२ ल्होस्थित रिबम बौद्ध गुम्बाको छात्रावास भवनमा आगलागी भएर क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले आगलागीको कारण नखुलेको बताए ।
छात्रावास भवनका करिब ५० वटा कोठा क्षति भएको अनुमान गरिएको छ। अहिले आगो नियन्त्रणमा ल्याउने काम भइरहेको प्रहरीले बताएको छ। भूईँतलासहित चारतले उक्त भवनमा लामा गुरुसहित ६० जना बस्दै आएका थिए ।
