बागलुङमा जिप दुर्घटना, चालकसहित ८ जना घाइते

बागलुङ नगरपालिका–८ सिगाना सेरामा बिहीबार दिउँसो साढे ४ बजे बरेङबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग ३ च ४८३४ नम्बरको जिप दुर्घटनामा परेको हो । 

मंसिर १८, २०८२

रासस

Jeep accident in Baglung, 8 people including driver injured

ढोरपाटन — बागलुङमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जिल्लाको बागलुङ नगरपालिका–८ सिगाना सेरामा बिहीबार दिउँसो साढे ४ बजे बरेङबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग ३ च ४८३४ नम्बरको जिप दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी चालक सुसान्त जिसीसहित प्रशान्त खड्का, सावित्री भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निशा भण्डारी, चन्द्र भण्डारी र झुपा भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए । घाइतेहरुलाई धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा ल्याइएको छ ।

रासस

Link copied successfully