कुटेर बाबुको हत्या

हुप्सेकोटमा एक युवकले बाबुको हत्या गरेका छन् ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Father beaten to death

नवलपरासी पूर्व — हुप्सेकोटमा एक युवकले बाबुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हुप्सेकोट गाउँपालिकाको जुकेपानी गाउँका ३० वर्षीय छोरा सन्तबहादुर विकले ६० वर्षीय बाबु रामबहादुर विकको कुटपिट गरेर हत्या गरेका हुन् ।

घरायसी सामान्य झगडापछि कुटपिट गर्दा मंगलबार गम्भीर घाइते भएका रामबहादुरलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । 

कान्तिपुर

Link copied successfully