जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार शनिबार साँझ चोरमाराको उकालोमा ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर थियो ।
नवलपरासी — पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत चोरमाराको उकालोमा एउटा ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार शनिबार साँझ भएको दुर्घटनामा मध्यबिन्दु नगरपालिका १५ निवासी लोकबहादुर थारुको मृत्यु भएको हो । घाइते थारुलाई उपचारका लागि डण्डास्थित जिल्ला अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
