खेत जोत्ने क्रममा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

मंगलबार दिउँसो प्रदेश २-०३-००१ त २८२७ नम्बरको ट्र्याक्टरको ठक्करबाट बानियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

मंसिर २, २०८२

हरिराम उप्रेती

One killed in tractor accident while plowing field

गोरखा — खेत जोत्ने क्रममा ट्र्याक्टरले ठक्कर दिँदा पालुङटार नगरपालिका–९ विर्दिका ६० वर्षीय जगबहादुर बानियाँको मृत्यु भएको छ । 

मंगलबार दिउँसो प्रदेश २-०३-००१ त २८२७ नम्बरको ट्र्याक्टरको ठक्करबाट बानियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए । ट्र्याक्टर पछाडि जोडेको काठको मुढामा बसी खेत सम्याउने क्रममा ट्र्याक्टरको गेयर फेल हुँदा ब्याक भएर उनी ठोक्किएका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । बानियाँ जग्गाधनी हुन् । 

घटनास्थलमा रातमाटे प्रहरीचौकीबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा मुचुल्कालगायतका कार्यका लागि इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट थप प्रहरी टोली परिचालन गरिएको श्रेष्ठले बताए । 

ट्र्याक्टर चालक ५४ वर्षीय धनबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully