नवलपुरमा सवारी चालक अनुमतिपत्र सेवा सुरु

भदौ २४ मा यातायात व्यवस्था विभागको डेटा सेन्टरमा आएको प्राविधिक समस्याले कारण रोकिएको सेवा मंगलबारबाट सुरु भएको हो ।

मंसिर २, २०८२

नवीन पौडेल

Driving license service launched in Nawalpur

नवलपुर — यातायात व्यवस्था कार्यालय नवलपुरमा जेनजी आन्दोलनपछि स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन सेवा सुरु भएको छ ।

भदौ २४ मा यातायात व्यवस्था विभागको डेटा सेन्टरमा आएको प्राविधिक समस्याले कारण रोकिएको सेवा मंगलबारबाट सुरु भएको हो ।

बिलबुक र लाइसेन्स नवीकरणको काम भइरहे पनि नयाँ सवारी चालक अनुमति पत्रको काम रोकिएको थियो । दुई महिनासम्म सवारी चालक अनुमति पत्रको अनलाइन फारम भर्न नपाएपछि यहाँका सेवाग्राही मर्कामा परेका थिए ।

मंगलबारदेखि नयाँ चालक अनुमति पत्रको अनलाइन फारम भर्न सुरु भएको यातायात व्यवस्था कार्यालय कावासोतीका प्रमुख सुरेश जैसवालले बताए । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully