सिमसार सुक्दा बोरिङबाट वन्यजन्तुलाई पानी

कावासोती नगरपालिका–१३ मा वनभित्र सौर्य ऊर्जाबाट चल्ने बोरिङ गाडेर पानीको व्यवस्थापन गरेको हो ।

मंसिर १, २०८२

नवीन पौडेल

When wetlands dry up, wildlife gets water from boring

परासी — सिमसार क्षेत्रमा पानीको सतह घट्दै गएपछि वन्यजन्तुलाई खानेपानी र आहालका लागि पूर्वी नवलपरासीको नमूना मध्यवर्ती सामुदायिक वनले बोरिङबाट पानीको व्यवस्थापन गरेको छ ।

कावासोती नगरपालिका–१३ मा वनभित्र सौर्य ऊर्जाबाट चल्ने बोरिङ राखेर पानीको व्यवस्थापन गरेको हो ।

केही वर्षअघिसम्म सुक्खा मौसममा पनि पानी प्रशस्त हुने सेनचुरी घोलमा अहिले हिउँदमा पानी सुक्न थालेपछि बोरिङबाट घोलमा पानी हाल्ने गरिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजकुमार गुरुङले बताए । ‘सिमसार क्षेत्र वर्षेनी सुक्दै गएको छ । पानी नहुँदा वन्यजन्तु आहाल खेल्न र खानेपानीका लागि स्थान परिवर्तन गर्ने गरिरहेका छन्,’ उनले भने,‘गत वर्ष जेनेरेटर मार्फत पानी तानेर पानीको व्यवस्था गरिएको थियो । अहिले बोरिङ भएपछि धेरै सहज भएको छ ।’

सौर्य ऊर्जाबाट संचालित बोरिङ घाम लागेका बेला आफै सञ्चालन हुने र राति बन्द हुने गर्छ । सिमसार सुक्दा वन्यजन्तु पानी र आहाराका लागि बस्ती पस्ने तथा बासस्थान परिवर्तन गर्ने गर्छन् । यो क्षेत्रका अन्य सामुदायिक वनले पनि वन्यजन्तुका लागि पानीको प्रबन्ध गर्न सौय उर्जाबाट चल्ने बोरिङ मार्फत सिमसार क्षेत्रमा पानीको भरण गर्दै आएका छन् ।

When wetlands dry up, wildlife gets water from boringवनमा १ सय ४२ फिट गहिराइको बोरिङ गाडिएको छ । अब यो घोलमा बाह्रै महिना पानी उपलब्ध हुनेछ । वन क्षेत्रभित्र रहेका सिमसारमा पानी कम हुँदै जान थालेपछि आगामी वर्ष अन्य क्षेत्रमा पनि स्वचालित बोरिङ राख्ने योजना रहेको अध्यक्ष गुरुङले बताए । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully