भदाै २४ काे आगजनीमा संसद् भवन जलेपछि अन्तिम तीन वटा बैठक कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा बसेको थियो ।
कास्की — गण्डकी प्रदेश सभाको चालु बर्खे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको सिफारिसअनुसार शुक्रबार मध्यरात १२ बजेदेखि चालु अधिवेशन अन्त्य गरेका हुन् ।
२९ वटा बैठक बसेको आठौं अधिवेशन जेठ ११ देखि सुरू भएको थियो । शुक्रबार बसेको अन्तिम बैठकमा उपसभामुख बिनाकुमारी थापाले अधिवेशन अन्त्य भएको जानकारी गराइन् ।
अन्तिम बैठकमा एमाले संसदीय दलका नेता खगराज अधिकारी, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले सम्बोधन गरेका थिए ।
बैठकले गण्डकी विश्वविद्यालय ऐन संशोधन विधेयक पारित गरेको छ । साथै औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाइएको छ ।
भदौ २४ को आन्दोलनमा संसद् भवन जलेपछि गण्डकी प्रदेश सभाको यो अधिवेशनको अन्तिम तीन वटा बैठक कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा बसेको थियो ।
