गुठी पञ्चमीका दिन सहिद लखन गाउँपालिकामा सार्वजनिक बिदा

गुठी पञ्चमीका दिन मनकामना मन्दिरमा विशेष पूजा तथा मेला लाग्ने गर्छ ।

कार्तिक २३, २०८२

हरिराम उप्रेती

Public holiday in Shahid Lakhan Rural Municipality on Guthi Panchami

गोरखा — प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा गुठी पञ्चमीका दिन हुने विशेष पूजा तथा मेलाको अवसरमा सहिद लखन गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।

गुठी पञ्चमीका दिन गाउँपालिकाले हरेक वर्ष सार्वजनिक बिदा दिने गरेको छ ।

सोमबार गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय र विद्यालयमा समेत स्थानीय बिदा हुने सार्वजनिक सूचनामार्फत पालिकाले जानकारी गराएको हो । 

गुठी पञ्चमीका दिन मनकामना मन्दिरमा विशेष पूजा तथा मेला लाग्ने गर्छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully