जेनजी आन्दोलन र प्रदर्शनका क्रममा घाइते भएकालाई परिचयपत्र दिइने

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र प्रदर्शनका क्रममा घाइते भएकालाई आवश्यक कागजपत्रसहित सम्पर्कमा आउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

कार्तिक २३, २०८२

हरिराम उप्रेती

Identity cards will be issued to those injured during the Genji movement and demonstrations.

गोरखा — जेनजी आन्दोलन र प्रदर्शनका क्रममा घाइते भएकालाई जिल्ला प्रशासन कार्यालय गोरखाले परिचयपत्र वितरणका प्रक्रिया सुरु गरेको छ ।

जेनजी आन्दोलन र प्रदर्शनका क्रममा गोरखाका ८ जना घाइते भएको प्रारम्भिक सूचीका आधारमा परिचयपत्र वितरण गर्न लागिएको हो । घाइते हुनेमा सन्तोष गुरुङ, सुजित थापा, रोशन रेग्मी, अर्जुन भट्ट, संजिला गुरुङ, ध्रुव परियार, कुमार अधिकारी र दिवसबावु श्रेष्ठ रहेको प्रशासनले जनाएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र प्रदर्शनका क्रममा घाइते भएकालाई आवश्यक कागजपत्रसहित सम्पर्कमा आउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा भैपरी खर्चबापत २० हजारका दरले रकम पनि वितरण गर्ने उनले बताए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully