लागूऔषधसहित ४ युवक पक्राउ

प्रहरीका अनुसार उनीहरूबाट लागूऔषध र गाँजा समेत बरामद गरिएको छ ।

कार्तिक २१, २०८२

नारायण शर्मा

4 youths arrested with drugs

नवलपरासी — प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित चार युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार देवचुलीका मनबहादुर सुनार, कावासोतीका थर्कबहादुर कुमाल, उमनबहादुर कुमाल र कावासोतीकै रोजन घर्ती पक्राउ परेका हुन् ।

उनीहरूबाट लागूऔषध र गाँजा समेत बरामद गरिएको छ । सबैलाई अदालतबाट एक साताको म्याद थप गरी अनुसन्धान अघि बढाइएको नेपालले जानकारी दिएका छन् ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully