मंगलबारदेखि परेको हिमपातपछि मनास्लु पदमार्गको पदयात्रा छोट्याएर फर्किएकाहरु तातोपानी क्षेत्रमा गएको पहिरोका कारण अलपत्र परेका थिए ।
गोरखा — धार्चे गाउँपालिका–३ स्थित तातोपानी क्षेत्रमा अलपत्र परेका पदयात्रीको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको छ ।
मंगलबारदेखि परेको हिमपातपछि मनास्लु पदमार्गको पदयात्रा छोट्याएर फर्किएकाहरु तातोपानी क्षेत्रमा गएको पहिरोका कारण अलपत्र परेका थिए ।
आइतबार २० जना विदेशी र १५ जना नेपाली पर्यटकको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । उनीहरुलाई उद्धार गरी माछाखोलातर्फ पठाइएको पनि जनाइएको छ ।