मनास्लु क्षेत्र घुम्न गएका चेक रिपब्लिकका नागरिक ५४ वर्षीय काटेरिना रसकोभालाई पैदल हिँड्ने क्रममा शुक्रबार बेलुकी पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय गोरखामा डीएसपी राजकुमार श्रेष्ठले बताए । उनको उद्धार प्रयास भइरहेको छ ।
गोरखा — मनास्लु पदमार्गअन्तर्गत चुमनुव्री-३ न्याकफेदीमा एक पर्यटकलाई पहिरोले पुरेको छ ।
मनास्लु क्षेत्र घुम्न गएका चेक रिपब्लिकका नागरिक ५४ वर्षीय काटेरिना रसकोभालाई पैदल हिँड्ने क्रममा शुक्रबार बेलुकी पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय गोरखामा डीएसपी राजकुमार श्रेष्ठले बताए । उनको उद्धार प्रयास भइरहेको छ ।
उनी प्रतिकूल मौसमका कारण लार्केपास गर्न नसकेपछि कात्तिक १२ गते समागाउँबाट फर्किएकी थिइन् । उनलाई पैदल हिँड्ने क्रममा ढुंगामाटोसहितको पहिरोले पुरेको उनले बताए । उनको उद्धारका लागि सिर्दिवासकाट प्रहरी टोली खटिएका छन् । श्रीमान्/श्रीमती मनास्लु घुम्न आएका थिए । श्रीमान् भने सकुशल रहेको प्रहरिले जनाएको छ ।