बिहीबार बिहान चुमनुव्री–५ विहिमा पैदल हिडिँरहेका लम्साललाई अचानक भीरबाट खसेको ढुंगाले लागेर घाइते बनेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए ।
गोरखा — मनास्लु क्षेत्र घुम्न गएका काठमाडौंको टोखा नगरपालिका–६ का मिनु इन्द्र लम्साल भीरबाट खसेको ढुंगाले लागेर घाइते बनेका छन् ।
बिहीबार बिहान चुमनुव्री–५ विहिमा पैदल हिडिँरहेका लम्साललाई अचानक भीरबाट खसेको ढुंगाले लागेर घाइते बनेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए ।
उनको टाउकोमा चोट लागेको छ । उनको उपचारका लागि विहि स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको टोली पनि घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।