जबर्जस्ती करणी मुद्दामा सजाय भुक्तान गर्दै आएका स्याङ्जाको पुतलीबजार नगरपालिका-१ का २५ वर्षीय विश्वास नेपालीलाई विशेष सूचनाको आधारमा भीरकोट नगरपालिका-१ दार्सिङबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
स्याङ्जा — गत भदौ २४ मा भएको जेन-जी आन्दोलनको क्रममा कास्की जिल्ला कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ परेका छन् ।
जबर्जस्ती करणी मुद्दामा सजाय भुक्तान गर्दै आएका स्याङ्जाको पुतलीबजार नगरपालिका-१ का २५ वर्षीय विश्वास नेपालीलाई विशेष सूचनाको आधारमा भीरकोट नगरपालिका-१ दार्सिङबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
नेपालीलाई प्रहरीले जिल्ला कारागार स्याङ्जा पठाइएको जनाएको छ ।