जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता भएलगत्तै फरार रहेका खवास ६ महिनापछि पक्राउ परेका हुन् ।
स्याङ्जा — जबरजस्ती करणीको आरोप लागेपछि फरार स्याङ्जाको वालिङ नगरपालिका–१४ पेखुदेउरालीका २५ वर्षीय सागर खवासलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको हो ।
वालिङ–१ ओडारेमा लुकेर बसेका उनलाई प्रहरीले सुराकीका आधारमा पक्राउ गरेको जिल्ला प्रहरीका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिए । गत वैशाख १४ गते सोही ठाउँकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा खवासमाथि प्रहरीमा उजुरी परेको थियो ।
प्रहरीले सोही समयमा पीडितको जाहेरीका आधारमा जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएलगत्तै फरार रहेका खवासलाई ६ महिनापछि पक्राउ गरिएको हो ।
