आँबुखैरेनी–मुग्लिङ सडक खण्ड सोमबार राति दुई घण्टा बन्द हुने

आँबुखैरेनी गाउँपालिका–४ साँखरमा गएको पहिरो नियन्त्रण कार्यका लागि बन्द हुने भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्तिक ९, २०८२

सम्झना रसाइली

Aanbukhaireni-Mugling road section to be closed for two hours on Monday night

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिङ सडक खण्ड सोमबार राति २ घण्टका लागि बन्द हुने भएको छ ।

आँबुखैरेनी गाउँपालिका–४ साँखरमा गएको पहिरो नियन्त्रण कार्यका लागि बन्द हुने भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सिर्जना रेग्मीका अनुसार उक्त सडक खण्डको पहिरो नियन्त्रण कार्यका लागि अध्ययन गर्नुपर्ने भएकाले कात्तिक १० गते रातिको १२ देखि बिहान २ बजेसम्म यातायात सञ्चालन अवरुद्ध हुने भएको हो । 

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully