भाइटीकाका दिन झगडापछिको कुटपिटमा ४४ वर्षका सन्तबहादुर ठाडाको मृत्यु भएको हो ।
नवलपरासी पूर्व — विनयी त्रिवेणी गाउँपालिकाको एक गाउँमा देउसीभैलोमा झगडा र कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विनयी त्रिवेणी वडा नम्बर ४ को गोग्दीमा भाइटीकाका दिन झगडापछि स्थानीयले कुटपिट गर्दा ४४ वर्षका सन्तबहादुर ठाडाको मृत्यु भएको हो ।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले स्थानिय रिंकु गुरुङ, अर्का एक नाबालक र धरन पाइजालाई शुक्रबार पक्राउ गरेको जनाएको छ
