पोखरा महानगरले तोक्यो स्थानीय सयपत्री फूल र मालाको मूल्य

पोखराका २५ भन्दा ब ढी स्थानलाई सयपत्री फूलको बिक्री स्थल पनि तोकिएको छ । कात्तिक ३, ४ र ५ गते फूल खरिदबिक्री हुनेछ ।

कार्तिक १, २०८२

अनुप पौडेल

Pokhara Metropolitan City sets prices for local centipede flowers and garlands

What you should know

कास्की — पोखरा महानगरपालिकाले तिहारको समयमा सबैभन्दा धेरै खपत हुने सयपत्री फूलको बिक्री मूल्य तोकेको छ । महानगरले पोखरामै उत्पादित फूल तीन प्रकारमा ग्रेडिङ गरेर कारोबार मूल्य तोकेको हो ।

कृषि सञ्जाल, पोखरा उद्योग वाणिज्य संघ, फ्लोरिकल्चर एसोसिएसन कास्की, कृषि ज्ञान केन्द्र कास्कीसँग छलफल गरेपछि मूल्य निर्धारण गरिएको हो । ‘ए’ ग्रेड १५ देखि २० ग्राम प्रति थुंगा फूलको मूल्य ५ रुपैयाँ र प्रति माला १ सय ५० रुपैयाँ पर्ने महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । उनका अनुसार ‘बी’ ग्रेड १० देखि १५ ग्राम प्रति थुंगा फूलको मूल्य ४ रुपैयाँ र प्रति माला १ सय ३० रुपैयाँ पर्नेछ । ’सी’ ग्रेड ५ देखि १० ग्राम प्रति थुंगा फूललाई २ रुपैयाँ र प्रति माला १ सय रुपैयाँ पर्ने उनले बताए । तीन वटै ग्रेडका फूल प्रति केजी ३ देखि ४ सय रुपैयाँमा पाइने उनले बताए । 

पोखराका २५ भन्दा ब ढी स्थानलाई सयपत्री फूलको बिक्री स्थल पनि तोकिएको छ । पोखराको बगर, काहुँ जाने चौतारी, संगमचोक, नदीपुर, बैदाम, सभागृह, बुढीबजार, तालचोक, बेगनास ताल, बिरौटा, हेमजा मिलनचोक, महेन्द्रपुललगायत ठाउँका किसान बजार र वडा कार्यालयमा कात्तिक ३, ४ र ५ गते फूल खरिदबिक्री हुनेछन् । 

महानगरको सहयोगमा करिब ३ सय रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती भइरहेको छ । यस वर्ष ३ लाख माला उत्पादन हुने र करिब ३ देखि ४ करोड रुपैयाँको कारोबार हुने अनुमान रहेको प्रमुख कडरियाले बताए । महानगरपालिकाले पछिल्लो ३ वर्ष देखि बीउमा अनुदान तथा बजारीकरणमा सहजीकरण गर्दै आएको छ । साथै  कृषकलाई न्यूनतम समर्थन मूल्य पनि दिन्छ ।  

नगर प्रमुख धनराज आचार्यले स्थानीय सयपत्री फूलमा पोखरा आत्मनिर्भर भइसकेकाले प्लास्टिकका फूलमालाको कारोबार नगर्न आग्रह गरे । कृषकको मनोबल उच्च बनाउन मल, बीउ, उत्पादनको बजारीकरण र समर्थन मूल्यमा महानगरपालिकाले सहयोग गरेको उनले बताए । 

अनुप पौडेल

Link copied successfully