चितवन निकुन्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार अन्दाजी २५ वर्षको भाले गैंडा हिलोको दलदलमा मृत अवस्थामा बुधबार भेटिएको हो ।
नवलपरासी — चितवन निकुन्जअन्तर्गत पूर्वी नवलपरासीको अमलटारी सेक्टरमा एउटा मृत गैंडा फेला परेको छ ।
चितवन निकुन्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार अन्दाजी २५ वर्षको भाले गैंडा हिलोको दलदलमा मृत अवस्थामा बुधबार भेटिएको हो ।
चितवन निकुन्जअन्तर्गत पश्चिम सेक्टरको बाँदरझुला क्षेत्रमा बुधबार मृत गैंडा भेटिएको र पोस्टमार्टमका लागि टोली पठाइएको निकुन्जले जनाएको छ ।
सूचना अधिकारी थापा मगरका अनुसार गत साउनयता चितवन निकुन्ज र आसपासमा चार वटा गैंडा मृत भेटिएको छ । चार वर्ष अघिको गैंडा गणनाको तथ्यांकअनुसार चितवन निकुन्जमा कुल ६ सय ९४ वटा गैंडा रहेको छ ।