तनहुँ दुर्घटना अपडेट : डुम्रेमा बस र स्कुटर ठोक्किँदा घाइते दुई जनाको मृत्यु

गम्भीर अवस्थामा रहेका पुनराम गुरुङलाई डुम्रे अस्पतालमा उपचारकै क्रममा चिकित्सकले सोही दिन दिउँसो १:४८ बजे मृत घोषणा गरेका थिए ।

आश्विन २८, २०८२

सम्झना रसाइली

Tanahun accident update: Two injured persons died when a bus and a scooter collided in Dumre

तनहुँ — जिल्लाको बन्दीपुर गाउँपालिका–४ बिमलनगरमा भएको बस र स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

गत शनिबार दिउँसो करिब १२:१० बजे आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ ख ९७०८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग २६ प ९२८७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए ।

घाइतेमध्ये स्कुटर चालक गोरखा जिल्ला धार्चे गाउँपालिका–0७ का २८ वर्षीय पुनराम गुरुङ र सोही स्कुटरमा पछाडि सवार ३२ वर्षीय मनोज गुरुङ दुवै जनालाई प्रारम्भिक उपचारका लागि लक्ष्मी सि.टी. अस्पताल डुम्रे ल्याइएको थियो ।

गम्भीर अवस्थामा रहेका पुनराम गुरुङलाई डुम्रे अस्पतालमा उपचारकै क्रममा चिकित्सकले सोही दिन दिउँसो १:४८ बजे मृत घोषणा गरेका थिए ।

त्यस्तै, गम्भीर घाइते मनोज गुरुङलाई थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज अस्पताल रिफर गरिएको थियो ।

उनको सोमबार राति करिब ११:०० बजे उपचारकै क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully