शहीद लखन गाउँपालिका–४ स्थित सिंजाली माविको भवन निर्माणमा आएका चीनका नागरिकको दोभाषेका रुपमा काम गर्न तामाङ गोरखा आएका थिए । चीन सरकारको सहयोगमा सिंजाली माविको भवन बनिरहेको छ ।
गोरखा — सिंजाली माध्यमिक विद्यालय दोभाषेको रुपमा कार्यरत रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३ का ३५ वर्षीय छेवाङ नाङगेल तामाङ मृत भेटिएका छन् ।
शहीद लखन गाउँपालिका–४ स्थित सिंजाली माविको भवन निर्माणमा आएका चीनका नागरिकको दोभाषेका रुपमा काम गर्न तामाङ गोरखा आएका थिए । चीन सरकारको सहयोगमा सिंजाली माविको भवन बनिरहेको छ ।
खाना खाएर सुतेका तामाङ बिहानसम्म नउठेपछि सोधीखोजी गर्दा शनिबार उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए । तामाङको शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ ।
घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।