मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देही बुटवल खैरहनी घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ बसपार्क बस्ने २८ वर्षीय विजय तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

आश्विन २५, २०८२

सम्झना रसाइली

One person died in a motorcycle accident

तनहुँ — जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ खत्रीटोलमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

राति करिब ११:४५ बजे ग.२६ प.२२११ नम्बरको मोटरसाइकल खत्रीटोलबाट पृथ्वीराजमार्गतर्फ जाँदै गर्दा अनियन्त्रित भई घरको भित्तामा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देही बुटवल खैरहनी घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ बसपार्क बस्ने २८ वर्षीय विजय तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडि सवार गोरखा शहीदलखन गाउँपालिका–९ घर भई हाल आँबुखैरेनी गाउँपालिका–३ बस्ने २२ वर्षीय बिप्लव गुरुङ गम्भीर घाइते भएका छन् । उनको बायाँ आँखामाथि चोट लाग्नुका साथै शरीरमा भित्री चोटहरू रहेका कारण चितवन मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully