लार्के पास पुगेका युवकको लेक लागेर मृत्यु

भक्तपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको मृत्यु भएको हो ।

आश्विन २४, २०८२

हरिराम उप्रेती

A young man who had reached Larke Pass died after being hit by a lake

काठमाडौँ — लार्के पास गर्ने क्रममा लेक लागेर भक्तपुरको भक्तपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको मृत्यु भएको छ ।

बिहीबार चुमनुव्री–१ सामागाउँस्थित लार्के पासमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए । प्रजापति ४ जना साथीसहित मनास्लु पदयात्रामा पुगेका थिए । अन्य ४ जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

‘धर्मशाला कटेर लार्के पास नजिकै पुगेपछि लेक लागेर मृत्यु भएको रहेछ,’ उनले भने, ‘शव सामागाउँ ल्याएर हेलिकोप्टरमार्फत काठमाडौं पठाउँदै छौं ।’

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully