भदौ २४ मा आन्दोलनकारीले आगजनी गरेका संरचनाको उनले बिहीबार स्थलगत निरीक्षण गरेका हुन् ।
कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड गरिएका पोखराका होटल, रिसोर्ट र व्यावसायिक भवनको निरीक्षण गरेका छन् ।
भदौ २४ मा आन्दोलनकारीले आगजनी गरेका संरचनाको उनले बिहीबार स्थलगत निरीक्षण गरेका हुन् । उनले बगैंचा रिसोर्ट, होटेल सरोवर, होटेल एडम, होटल गुडविल, भाटभटेनी सुपरमार्केट, अंशुभारा ग्रुपको भवन, हिमालय अर्गनाइजेसनको सोरुमलगायतको निरीक्षण गरे ।
लाखौंको संख्यामा रोजगारी सिर्जना गरेका, देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने करदाता, व्यवसायीको निजी सम्पत्तिमाथि आक्रमण हुनु दुःखद् भएको उनले बताए । व्यवसायीको हकहित र भयरहित लगानीमैत्री वातावरण निर्माण गर्न सरोकारवाला सबै जुट्नुपर्ने उनको भनाइ थियो ।
