यसअघि जिल्ला प्रहरी कार्यालय गोरखाले कास्की कारागारबाट भागेका पाँच जना र तनहुँ कारागारबाट भागेका एक जनालाई पक्राउ गरिसकेको छ ।
गोरखा — कारागारबाट भागेका दुई जना कैदीबन्दी लाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय कारागारबाट भागेका धनकुटाका सुमन सुन्दास र कास्की कारागारबाट भागेका पालुङटार–२का बाबुराम नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले बताए ।
सुन्दासलाई गण्डकी–८ घ्याल्चोक र नेपालीललाई पालुङटार बाट पक्राउ गरिएको उनले बताए । उनीहरू दुवै जना जबरजस्ती करणी मुद्दामा कारागार चलान भएका थिए । यसअघि जिल्ला प्रहरी कार्यालय गोरखाले कास्की कारागारबाट भागेका पाँच जना र तनहुँ कारागारबाट भागेका एक जनालाई पक्राउ गरिसकेको छ ।
