असोज २ गतेसम्म जिल्लाभित्र भएको क्षतिको विवरणसहितको मूल्याङ्कन प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई पेस गर्ने
नवलपुर — जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा जिल्लामा भएको क्षतिको मूल्याङ्कन गर्न इन्जिनियहरूको प्राविधिक समिति गठन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले पूर्वाधार विकास कार्यालयका इन्जिनियर कृष्ण आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो ।
क्षति मूल्याङ्कन समितिमा जिल्ला समन्वय समितिका इन्जिनियर विजय पौडेल, यातायात व्यवस्था कार्यालयका इन्जिनियर सुरेश जैसवाल र सम्बन्धित पालिकाका इन्जिननियर रहेका छन् ।
समितिले असोज २ गतेसम्म जिल्लाभित्र भएको क्षतिको विवरणसहितको मूल्याङ्कन प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई पेस गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
