कालीगण्डकी दोहनको मुद्दा उठाएका वडाअध्यक्ष साइबार मुद्दामा पक्राउ  

भाद्र २९, २०८२

सुमनजंग थापा

पर्वत — फलेवास नगरपालिका–४ का वडा अध्यक्ष अच्युत तिवारीलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत साइबार मुद्दामा पक्राउ गरेको छ ।

पालिकाको प्रवक्ता र नेपाली कांग्रेसको पनि प्रवक्ता र सह–सचिव रहेका उनलाई प्रहरीले आइतबार उनकै वडा कार्यालयबाट पक्राउ गरेको हो ।

आफ्नो वडामा पर्ने कटुवा बगरबाट कालीगण्डकी नदी दोहन हुँदा पनि प्रहरीले रोकथाममा सहयोग नगरेको भन्दै उनले सामाजिक सञ्जालमा विरोध गर्दै आएका थिए ।

सुमनजंग थापा सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully