नवलपरासी — विभिन्न जिल्लाका कारागारबाट भागेका १८ कैदीबन्दी पूर्वी नवलपरासीबाट पक्राउ परेका छन् । उनीहरुमध्ये १७ जनालाई सम्बन्धित जिल्लामा बुझाइसकिएको छ भने एक जना कैदी जिल्ला प्रहरी कार्यालयमा रहेका छन् ।
जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार नख्खु, केन्द्रीय कारागार, चितवन, नेपालगन्ज र भिमफेदी कारागार मकवानपुरबाट भगेर हिँडेका कैदीहरु नवलपरासीका विभिन्न स्थानबाट पक्राउ परेका हुन् । एक जना कैदी शनिबारसम्म जिल्ला प्रहरीको नियन्त्रणमा रहेका छन् ।
गत चार दिनयता विभिन्न कारागारबाट भागेका कैदीबन्दी यहाँ पक्राउ परिरहेका हुन् ।
