पोखरामा आगजनीमा मृत्यु हुनेको संख्या तीन पुग्यो 

भाद्र २८, २०८२

दीपक परियार

कास्की  — पोखरामा प्रदर्शनका क्रममा भएको आगजनीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

पोखरामा प्रदर्शनका क्रममा भएको आगजनीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि २४ भदौमा पोखरा नयाँबजारमा रहेको हिमालय अर्गनाइजेसनको अटो सोरूम र लेकसाइडमा रहेको अंशुभरा स्क्वायरमा एक-एक महिला जलेर निधन भएको अवस्थामा फेला परेका थिए । 

उनीहरू व्यावसायिक प्रतिष्ठानका कर्मचारी थिए ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully