गोरखा — कास्की र तनहुँ कारागारबाट फरार भएका ६ जना कैदीबन्दीलाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।
nगोरखाको चुमनुव्री–६ चुम्चेत घर भएका सोनम दोर्जे लामा, छेवाङ लामा, सोनम ग्याल्जेन लामा र तेन्जिन रिक्तेल लामा, भिमसेन थापा–१ मसेलका राजेश विश्व सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्र प्रसाद सुवेदीले बताए । कर्तव्य ज्यान मुद्दामा कास्की कारागारमा रहेका उनीहरू पाँचै जना भदौ २४ गते फरार भएका थिए ।
nत्यस्तै, चोरी मुद्दामा तनहुँ कारागारमा रहेका सिरानचोक गाउँपालिका–८ का विशाल उपरकोटीलाई पनि गोरखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू जिल्ला प्रहरी कार्यालयमा रहेको र सम्बन्धित कारागारलाई उनीहरू पक्राउबारे जानकारी गराइएको सुवेदीले बताए ।
