तनहुँ — जेनजी आन्दोलनको क्रममा गत मंगलबार साँझ तनहुँको दमौलीस्थित कारागारबाट भागेका ७८ जना कैदीबन्दीलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।
कारागारबाट भागेका ६९ जना पुरुष र ९ जना महिला गरी ७८ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । तनहुँ कारागारमा रहेका २० जना महिलासहित ३२६ कैदीबन्दी मंगलबार साँझ भागेका थिए ।
-1757691937-1000x0.jpg&w=1001&h=0)