दमौली कारागारबाट भागेका ४५ कैदीबन्दी पक्राउ

भाद्र २७, २०८२

सम्झना रसाइली

तनहुँ — तनहुँको जिल्ला कारागार दमौलीबाट भागेका ४५ जना कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये ८ जना महिला र ३७ जना पुरुष रहेको जिल्ला कारागार कार्यालयले जनाएको छ । 

दमौली कारागारमा रहेका २० जना महिला र ३०६ जना पुरुष गरी ३२६ जना कैदीबन्दी भागेका थिए । तीमध्ये १५ जना आफैं सम्पर्कमा आएका र ३० जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला कारागार कार्यालयका प्रमुख श्यामसिंह बोहोराले बताए । अन्य कैदीबन्दीलाई पनि सम्पर्कमा आउन जिल्ला कारागारले अनुरोध गरेको छ । 


सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully