पूर्वी नवलपरासीमा हट्यो कर्फ्यू

भाद्र २७, २०८२

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीमा शुक्रबार बिहान ७ बजेबाट कर्फ्यू हटाइएको छ। प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले शुक्रबार बिहान जारी गरेको एक सूचनामा गत २४ गतेबाट लागू हुँदै आएको कर्फ्यू आदेश हटाएको हो।

कर्फ्यू हटाए पनि निषेधाज्ञा भने जारी रहेको प्रशासनले जनाएको छ। निषेधाज्ञामा कुनै पनि स्थानमा ५ जनाभन्दा धेरै जम्मा नहुन आदेश छ । यहाँका मुख्य बजार गत सोमबारदेखि बन्द छन् भने अत्यावश्यक सेवाका भित्री सडकका पसलहरू खुल्ला हुँदै गएको छ । राजमार्ग र मुख्य बजार क्षेत्रमा सेना र प्रहरीले माइकिङ सहित गस्ती गरिरहेका छन् ।


नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully