प्रदर्शनकारीले व्यास नगरपालिका कार्यालय तोडफोड गर्नुका साथै त्यहाँ रहेका गाडी र मोटरसाइकलमा आगजनी गरेका हुन् ।
तनहुँ — उनीहरुले दमौलीस्थित कांग्रेस र एमाले कार्यालयमा ढुंगा प्रहार गरेका हुन् ।
काठमाडौंमा प्रदर्शनमा उत्रिएका युवालाई सरकारले दमन गरेर हत्या गरेको भन्दै मंगलबार बिहानैदेखि आन्दोलनमा उत्रिएका युवाहरुले पार्टी कार्यालय तोडफोड गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयले दमौली बजार क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि युवाहरु सडकमा नाराबाजी गरिरहेका छन् ।
