पोखरामा पनि जेन-जीको प्रदर्शन

पोखराको सभागृह चोकमा बिहान ९ बजेदेखि भ्रष्टाचार छानबिन र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै आन्दोलन जारी छ।

भाद्र २३, २०८२

अनुप पौडेल

Gen-G performance in Pokhara as well

कास्की — सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध पोखरामा पनि जेन-जी पुस्ता सडकमा उत्रिएका छन् ।

पोखराको सभागृह चोकमा बिहान ९ बजेदेखि आन्दोलन जारी छ । सहभागीले भ्रष्टाचारका सबै काण्ड छानबिन हुनुपर्ने, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्न माग गरेका छन् । 

बाक्लो उपस्थितिबीच युवा-युवती आन्दोलनमा उत्रिएपछि सडक अवरुद्ध भएको छ ।

प्रहरीले सभागृहचोक हुँदै न्यूरोड, चिप्लेढुंगा जाने सवारी चलाउन रोक लगाएको छ । 

अनुप

Link copied successfully