स्यो गाउँका पेम्वा छिरिङ लामा र लाक्पा नुर्बु लामाको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले बताए ।
गोरखा — चुमनुव्री–२ स्योमा दुई घर जलेर पूर्ण क्षति भएको छ । मंगलबार राति भएको आगोलागीबाट स्यो गाउँका पेम्वा छिरिङ लामा र लाक्पा नुर्बु लामाको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए।
आगलागी पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ। तर आगोलागीको कारण भने खुलेको छैन। क्षतिको विवरण संकलन भइरहेको र घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
