जिल्ला प्रहरीका सूचना अधिकारी मधु नेपालका अनुसार दुर्घटनामा कन्टेनर चालक माधव पंज्ञनीको उपचारको क्रमममा मृत्यु भएको हो ।
नवलपरासी — पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहामा कन्टेनर र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरीका सूचना अधिकारी मधु नेपालका अनुसार दुर्घटनामा कन्टेनर चालक माधव पंज्ञनीको उपचारको क्रमममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका कन्टेनरका सहचालक रामबहादुर सार्की र ट्रक चालक बिचबहादुर थिंगको भरतपुर स्थित अलाईभ अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गएराति नारायणघाटबाट बुटवलतर्फ जादै गरेको ना २ क ११९ नम्बरको कन्टेनर र बुटवलबाट नारायणघाटतर्फ जादै गरेको प्र २–०३००१ ख ४०५६ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको हो ।
