गोरखा बस दुर्घटना : गम्भीर घाइते ३ जनालाई काठमाडौं पठाइयो

बस ब्रेक फेल भएर सडकबाट करिब ४ मिटर खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भाद्र १७, २०८२

हरिराम उप्रेती

Gorkha bus accident: 3 seriously injured people were sent to Kathmandu

गोरखा — भीमसेन थापा गाउँपालिका–३ टारीफाँटमा बस दुर्घटनामा परी गम्भीर घाइते ३ जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । दुर्घटनाका अन्य १८ घाइतेको आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

चालकसमेत रहेका गण्डकी गाउँपालिका–२ का ३८ वर्षीय झलकबहादुर थापा मगर, गोरखा नगरपालिका–४ का ३० वर्षीय दुर्गाबहादुर खत्री र भारत मोतिहारी घर भएका अलि आलमलाई  काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ । 

काठमाडौंबाट आरुघाटतर्फ आउँदै गरेको ०१–००६ ख ४१३१ नम्बरको रात्रिबस दुर्घटनामा २१ जना घाइते भएका थिए । बस ब्रेक फेल भएर सडकबाट करिब ४ मिटर खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले बताए ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully