गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते

बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना भएको हो ।

भाद्र १७, २०८२

रासस

21 injured in bus accident in Gorkha

गोरखा — काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । 

बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

रासस

Link copied successfully