पोखरीमा डुबेर एक जनाको मृत्यु

शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ। घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

भाद्र ११, २०८२

हरिराम उप्रेती

One person died after drowning in the pond

गोरखा — पोखरीमा डुबेर पालुङटार नगरपालिका–७ कटहरेपाटाका ५४ वर्षीय कालीबहादुर वरामको मृत्यु भएको छ । मंगलबार पालुङटार–७ खत्रीटार पिप्लेखोल्सीमा सिँचाइ गर्ने प्रयोजनका लागि निर्माण गरिएको बाँधबाट खस्दा वरामको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बाटोमा हिँड्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए। शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ। घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully