ओरालोमा ब्रेक फेल भएर बस दुर्घटना भएको बताइएको छ । चालकले नियन्त्रण गुमाएपछि उक्त बस भित्तामा ठोक्किएको थियो ।
कास्की — पोखरा महानगरपालिका–१३ आर्बामा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । सोमबार बिहान ग १ ख ४०२७ नम्बरको बस पोखरा–९ महेन्द्रपुल आउने क्रममा पोखरा–१३ आर्बा, मड्केल्नामा दुर्घटना भएको हो ।
घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १२ जना सामान्य उपचारपछि डिस्चार्ज भएको अस्पतालका निमित्त निर्देशक डा. पद्मराज ढुंगानाले जानकारी दिए । अधिकांश घाइतेको टाउको र हातमा चोट लागेको छ । घाइतेमध्ये ४ जनाको अवस्था केही गम्भीर छ ।
ओरालोमा ब्रेक फेल भएर बस दुर्घटना भएको बताइएको छ । चालकले नियन्त्रण गुमाएपछि उक्त बस भित्तामा ठोक्किएको थियो । दुर्घटनामा घाइते हुनेमा तीज मनाउन हिँडेका महिलाको संख्या धेरै छ । घाइतेमध्ये १८ जना महिला र ५ जना पुरुष हुन् ।
