राहुघाट जलविद्युत्‌को ड्यामसाइडमा पहिरोले पुरिएर दुई मजदुरको मृत्यु

राहुघाट जलविद्युत् आयोजनामा पहिरो खस्दा एक भारतीय र एक नेपाली मजदुरको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

भाद्र २, २०८२

घनश्याम खड्का, म्याग्दी

Two workers died due to a landslide on the damside of Rahughat hydropower

म्याग्दी — रघुगंगा गाउँपालिका–४ दग्नामको बुक्लमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको ड्यामसाइड छेउमा माथिबाट झरेको पहिरोले च्यापिएर दुई जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ । पाँच जना मजदुर घाइते छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार सोमबार दिउँसो राहुघाट जलविद्युत् आयोजना (४२ मेगावाट) को ड्यामसाइड क्षेत्रमा माथिबाट ढुंगासहित पहिरो खस्दा कार्यरत एक भारतीय र एक नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको हो । पहिरोमा परी अन्य पाँच जना घाइते छन् ।

‘घटनास्थलमा भर्खर प्रहरी पुगेकाले मृतकको सनाखत भइसकेको छैन । घाइतेहरूको विवरण पनि आउन बाँकी छ,’ प्रनाउ थापाले भने, ‘घाइतेको उद्धार गरी थप उपचारका लागि बेनी प्रादेशिक अस्पतालमा ल्याइँदै छ ।’

घनश्याम

Link copied successfully