नारायणी किनारमा बालकको शव फेला 

जिल्लाको मध्यबिन्दु नगरपालिका-१२ स्थित नारायणी नदी किनारमा आइतबार शव फेला परेको हो ।

भाद्र १, २०८२

नवीन पौडेल

Child's body found on Narayani bank

नवलपुर — पूर्वी नवलपरासीमा एक बालकको शव फेला परेको छ । जिल्लाको मध्यबिन्दु नगरपालिका-१२ स्थित नारायणी नदी किनारमा आइतबार शव फेला परेको हो ।

प्रहरीका अनुसार अन्दाजी १० वर्षको जस्तो देखिने बालकको शव सडेगलेको अवस्थामा फेला परेको हो । शवको पहिचान नभएको र आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मशु नेपालले बताए । 

शनिबार पनि जिल्लाको गैंडाकोटस्थित नदी किनारमा एक पुरुषको शव फेला परेको थियो । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully