कागबेनी–छुसाङ सडक कालोपत्र सुरू

यो सडक कालोपत्र गर्न २८ करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

श्रावण ३१, २०८२

रासस

Kagbeni-Chusang road has been paved

मुस्ताङ — उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–छुसाङ खण्ड कालोपत्र सुरू भएको छ । 

पहिलो चरणमा ९ दशमलव ८ किलोमिटर कालोपत्र हुन लागेको गरिन लागेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले बताए । यो सडक कालोपत्र गर्न २८ करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसअघि घाँसादेखि कागबेनीसम्म कालोपत्र भइसकेको छ ।

प्रमुख झाका अनुसार कागबेनी–छुसाङ सडक २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । सडकको लम्बाइ ११ मिटर र चौडाइ सात मिटर हुनेछ । 

रासस

Link copied successfully